• सोमबार, भाद्र १ २०८३

प्रधानमन्त्रीलाई भेट्न वामदेव बालुवाटारमा


शुक्रबार, फाल्गुन १४ २०७७
725
Shares

काठमाडौं । नेकपा उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

शुक्रबार दिउँसो उपाध्यक्ष गौतम नेकपाको ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

वामदेवका प्रेस संयोजन विश्वमणि सुवेदीले अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्षबीच छलफल भइरहेको बताए। यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

बिहीबारमात्रै वामदेवले नेकपाको प्रचण्ड—नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेका थिए।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि नेकपा विभाजित भएको छ। तर उपाध्यक्ष गौतम भने कुनै पक्षतिर पनि नलागी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार