• शनिबार, असोज १० २०८३

पार्टीको धारणा र नेताहरुको विचार आधिकारिक ठाउँबाट बुझौँ : नारायणकाजी श्रेष्ठ


शुक्रबार, फाल्गुन १४ २०७७
670
Shares


काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन्।

उनले सञ्चारमाध्यमका विश्लेषणलाई सम्मान गर्न आग्रह गर्दै सकारात्मक सन्देश वा शिक्षाहरु भए त्यसलाई ग्रहण गर्न आग्रह गरेका छन्।

उनले सञ्चारमाध्यमका दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न नसक्ने भन्दै त्यस्तो उचित पनि नहुने बताएका छन्।

‘सञ्चार माध्यमका आ—आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं। त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं। हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौँ र उचित पनि हुँदैन’, शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘तर पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं।’

उनले प्रतिनिधिसभा पुनर्स्थापनापछि आफूहरु अहिले संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृध्दि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा रहेको बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार