काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई ब्रेन हेमरेज (मस्तिष्कघात) भएको छ ।
उनको सचिवालय स्रोतका अनुसार बिहीबार राति १ बजे शरीरको देब्रे भागमा समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आज (शुक्रबार) बिहान नर्भिक सारिएको हो।
कांग्रेस नेता जोशीको मस्तिष्कमा रगत जमेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अहिले उनको आकस्मिक शल्यक्रिया गर्ने तयारी भइरहेको छ।