• सोमबार, साउन ११ २०८३

भारतीय र चिनियाँ राजदूतले एकैदिन भेटे देउवालाई


शुक्रबार, फाल्गुन १४ २०७७
715
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि चिनियाँ र भारतीय राजदूतले भेटेका छन्।

कांग्रेसका एक नेताका अनुसार बेलुका छुट्टाछुट्टै समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका हुन्। बिहीबार पार्टीको पदाधिकारी बैठक सकिएपछि दुई देशका राजदूतले सभापति देउवासँग भेटवार्ता गरेका हुन्।

देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको स्रोतले जानकारी दिएको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राजनीतिको केन्द्रमा फेरि देउवा आइपुगेका छन्। नेकपाका दुबै पक्षले देउवासँग भावी सत्ता समिकरणमा सहयोग मागेका छन्।

प्रचण्ड—नेपाल समूहका दुबै जना अध्यक्षले बुधबार बुढानिलकण्ठमा पुगेरै देउवासँग मिलेर जाने प्रस्ताव गरेका थिए।

नेपालमा सरकार परिवर्तन हुन लागेका बेला दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार