• सोमबार, साउन ११ २०८३

अब संसदमा टाउकाे गन्ती सुरु हुन सक्छ : बाबुराम


बिहिबार, फाल्गुन १३ २०७७
950
Shares

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदमा अब सांसद किनबेचको अवस्था आउन सक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै त्यो पारित गर्न र नयाँ सरकार बनाउनका लागि सांसद किनबेचको श्रृङ्खला सुरु हुन सक्ने उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सर्वोच्चले राजनीतिक दलको कोर्टमा बल राखेकोले अब कसरी अगाडी बढ्ने विषयमा गम्भीर छलफल र बहस नगरे भोलि फेरि अर्को संकट आउन सक्ने पनि चेतावनी दिएका छन् ।

‘सुप्रिम कोर्टपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको छ। घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ’ उपचारका क्रममा भारत पुगेका भट्टराईले दिल्लीबाट ट्वीट गर्दै भनेका छन्, ‘टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ। देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार