• सोमबार, साउन ११ २०८३

नेकपा नाम विवादबारे सर्वोच्चमा बहस सकियो, फैसला २० गते


बिहिबार, फाल्गुन १३ २०७७
685
Shares

नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए।

उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। सुनवाइ सकिए पनि सर्वोच्चले निर्णय भने २० गते मात्रै सुनाउने निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले बताए।

सुरुमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न पुगेका ओली–प्रचण्डलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरिदिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो।

ओली–प्रचण्ड नेतृत्वकै नेकपाभित्रकै विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गरेको हो। कट्टेलका तर्फबाट बहस गरेका अधिवक्ता रत्नप्रसाद जोशीले आफूहरुले उनीहरुको कोस्टकभित्रको नेकपाको परिभाषा समेत मागेको बताए।

नाम र चुनाव चिन्हको विषयमा अहिले ओली–प्रचण्डबीचमै विवाद भइरहेको छ। उक्त विवादमाथि पनि निर्वाचन आयोगले निर्णय गरिसकेको छैन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार