gLlt tyf sfo{qmd ;j{;Ddt kfl/t
k|ltlglw;efaf6 ;/sf/sf] cfj @)&%÷&^ sf] gLlt tyf sfo{qmddfly 5nkmndf p7]sf] k|Zgsf] k|wfgdGqL s]kL zdf{ cf]nLn] hjfkm lbPkl5 pQm k|:tfj lg0f{ofy{ ;efdf k|:t't x'Fbf ;j{;Ddltn] kfl/t ub}{ ;f+;b . tl:a/ M k|bLk/fh jGt, /f;;
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा बैठक नबसेको झन्डै तीन महिनाको तलब भत्ता एकमुष्ट पाउने भएका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको अवधिमा नपाएको तलब सांसदहरुले अब एकमुष्ट रुपमा पाउने भएका हुन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहेको अवधिको पनि तलब पाउने संसद सचिवालयले जनाएको छ ।
सर्वोच्चले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए।
सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ। यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए।
राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन्।