गोरखा । गोरखा नगरपालिका वडा नम्बर ९ को महालक्ष्मी माविमा नेपाल विद्यार्थी संघको इकाई गठन भएको छ ।

सुरज बाबु घिमिरेको अध्यक्षतामा ४४ सदस्यिय समिति गठन भएको नेविसंघका जिल्ला सचिव मिलनसिंह बस्नेतले बताए ।


समितिको उपाध्यक्षमा प्रसन्न पाण्डे, विश्बास कुँवर, सचिव आयुष्मा परियार, सह सचिव सञ्जु आले मगर, करण थापा, कोषाध्य सुनिता मग्राती रहेका छन् ।

इकाई गठन कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारी, उपाध्यक्ष शिवहरी तिमल्सिना लगायत पदाधिकारीको उपस्थिती रहेको थियो ।