• सोमबार, साउन ११ २०८३

ओलीले पदबाट तत्काल राजीनामा दिदाँ राम्रो: देउवा


बुधबार, फाल्गुन १२ २०७७
715
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिदाँ राम्रो हुने बताएका छन्।

सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेकोले ओलीले कि त प्रतिनिधि सभामा बहुमत पुर्‍याउनुपर्ने नभए छोड्नुपर्ने देउवाको भनाइ छ।

देउवाले पार्टी संसदीय दलको बैठक पनि राख्ने बताएका छन्। कांग्रेससँग संसदमा कम सिट रहेको देउवाको भनाइ छ। कांग्रेससँग ६३ सिट छ। उनले महाधिवेशन भदौमा जसरी पनि गर्नुपर्ने बताए।

उनले अब प्रतिनिधि सभा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। देउवाले कांग्रेसले केही गरेन भन्नेहरूले नै अहिलेको अवस्थामा कांग्रेसलाई खोजिरहेको बताएका छन्।

कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको देउवाको भनाइ छ।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस चाहियोरु’

उनले मानिसहरूले कांग्रेसलाई खोजिरहेको पनि बताए। जनता, वुद्धिजीविहरू र पत्रकारले कांग्रेस कता छ भनेर खोजेकोले उनले धन्यबादसमेत दिए।

उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए।
सर्वोच्चले प्रतिनिधि सभा विघटनबारे अन्तरिम आदेश नदिएकोले आफूले पुनर्स्थापना र चुनाव दुबै जे भए पनि स्वीकार गर्छौं भनेको देउवाको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार