• सोमबार, साउन ११ २०८३

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड–नेपाल


बुधबार, फाल्गुन १२ २०७७
600
Shares

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुधबार दिउँसो उनको निवास पुगेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछिको अवस्थामा दलहरू कसरी अघि बढ्ने भनेर छलफल गर्न उनीहरू बूढानीलकण्ठ पुगेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो ।

मंगलबार चितवनमा रहेका प्रचण्ड–नेपालले बुधबारदेखि नै अन्य दलहरुसँग छलफल अगाडि बढाउने बताएका थिए ।

राजनीतिक दलहरुसँग सहमति र समझदारी गरेर अगाडि बढ्ने दाहालको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार