काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उनले बताए ।
सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’
कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने उनले बताए । आफुहरु कायर नभएको भन्दै कुनै पनि हालतमा राजिनामा नदिने र प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्ने मन्त्री श्रेष्ठको भनाई छ ।
संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने तर यो फैसलाले झन् विवाद बढाएको उनले जिकीर गरे ।