काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल हुने नेता सत्यनारायण मण्डलले जानकारी दिए । बताए।
बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने नेता मण्डलले बताए।
सर्वोच्चले संसद विघटन गर्ने निर्णय बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।
प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत उनलाई हटाउने संकेत प्रचण्ड–नेपाल समूहले गरेको छ। प्रचण्ड–नेपाल पक्षले गत पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो।