• सोमबार, साउन ११ २०८३

प्रचण्ड—माधव समूहको संसदीय दलको बैठक आज


बुधबार, फाल्गुन १२ २०७७
715
Shares

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपा प्रचण्ड—माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । प्रचण्ड—माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।

सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार