• सोमबार, भाद्र १ २०८३

अहिले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने बेला हो: बाबुराम भट्टराई


बुधबार, फाल्गुन १२ २०७७
640
Shares

काठमाडौँ । भारतमा उपचाररत जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले दीपावली नगरेर गम्भीर आत्‍मसमीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् ।

संसद पुनर्स्थापनाको खुशियालीमा मंगलबार साँझ नेकपाको प्रचण्ड नेपाल पक्षीय नेता कार्यकर्ताले दीपावली गरेपछि बुधबार बिहान सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘अहिले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने बेला हो ! देश पुस ५ मा फर्केको मात्र छस् यी सबै प्रश्न अनुत्तिरत छन्ः भष्मासुरलाई कसले हुर्कायो/पाल्यो ? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो ? राजनीतिक नेतृत्व यति भ्रष्ट/मूल्यमान्यताविहीन कसरी बन्यो ? त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी ? ममः भनौं !’ भट्टराईले ट्‍वीट गरेका छन् ।

मंगलबार सर्वोच्चले संसद पुनर्स्थापनाको निर्णय गर्दा उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सर्वोच्च अदालतले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा आफ्नो रोगै हराएको जस्तो भएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार