• सोमबार, साउन ११ २०८३

अहिलेको युद्ध हामीले जित्नुपर्छ : दाहाल


मंगलबार, फाल्गुन ११ २०७७
885
Shares

काठमाडौं । नेकपाका प्रचण्ड—नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको युद्ध आफूहरूले जित्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा तिलकराज भण्डारीद्वारा सम्पादित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै दाहालले प्रतिनिधि सभा विघटनपछि उक्त मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।

‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त मुद्दा अदालतमा बहसपछि हेर्दाहेर्दैमा छ।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप लगाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार