• शनिबार, असोज १० २०८३

बाबुराम भट्टराई अस्पताल भर्ना


मंगलबार, फाल्गुन ११ २०७७
755
Shares

काठमाडौं । स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार डा. भट्टराई आज (मंगलबार) बिहान ९ बजे नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका हुन्।

प्रेस सल्लाहकार पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार