• सोमबार, साउन ११ २०८३

सर्वोच्च अदालतको फैसला हामीलाई स्वीकार छ : उपप्रधानमन्त्री पोखरेल


मंगलबार, फाल्गुन ११ २०७७
650
Shares

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनको सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि आफूहरूको राजनीति नसकिने बताएको भोलिपल्ट सचिवालय सदस्य पोखरेलले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गरेका हुन्।

ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन।’उनले चुनावमा जाने कुरालाई पनि अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने जिकिर गरे।

त्यस क्रममा नेता पोखरेलले प्रचण्ड–नेपाल पक्षको अकर्मण्यताका कारण नेकपा फुटेको आरोप पनि लगाए।

उनले भने, ‘नेपाली जनतालाई, कम्युनिस्ट आन्दोलनका कार्यकर्तालाई दुःखी बनाउने, पीडा दिने घटना घटेको छ, हामी सबै दुःखी छौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार