• शनिबार, असोज १० २०८३

नारायणकाजीले गरे बाबुरामको स्वास्थ्यलाभको कामना


मंगलबार, फाल्गुन ११ २०७७
905
Shares

प्रचण्ड-माधव पक्षीय नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य लाभको कामना गरेका छन्।

न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा भट्टराई उपचारका लागि आइतबार दिल्ली प्रस्थान गरेका थिए।

‘पूर्वप्रधानमन्त्री एवं जसपाको संघीय परिषदका अध्यक्ष मित्र डा. बाबुराम भट्टराइको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’श्रेष्ठले ट्वीटरमा लेखेका छन्।

२०७४ प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ र भट्टराई गोरखाको एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । निर्वाचनमा भट्टराई विजयी भएका थिए।

दुवै नेताको गृहजिल्ला एउटै भएकाले जिल्लामा को हाबी हुने भन्ने प्रतिष्पर्धा उनीहरूबीच छ। दुवैजनाले बेला-बेलामा एकअर्काप्रति कटाक्ष पनि गर्ने गरेका पनि छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार