• सोमबार, साउन ११ २०८३

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बस्दै


मंगलबार, फाल्गुन ११ २०७७
710
Shares

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (मंगलबार) बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मंगलबार बिहान नौ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

अहिलेको जटिल राजनीतिक अवस्थामा बस्न लागेको सुरक्षा परिषद् बैठकलाई धेरैले चासोका साथ हेरेका छन्। यसअघि भारतीय खुफिया एजेन्सी ‘र’का प्रमुख सामन्त गोयल नेपाल भ्रमणमा आउनुअघि ५ कात्तिकमा प्रधानमन्त्रीनिवास बालुवाटारमा परिषद् बैठक बसेको थियो।

खासगरी राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन परिषद्को बैठक बस्ने गरेको छ। देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ।

तर रक्षा मन्त्रालय स्रोतले भने आज बस्न लागेको बैठकलाई नियमित भनेको छ। ‘बैठकले निर्णय गर्नुपर्ने एजेन्डा खास केही छैनन्,’ रक्षा स्रोतले भन्यो।

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार