• आइतबार, साउन ३१ २०८३

बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने


सोमबार, फाल्गुन १० २०७७
640
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि दिल्ली पुगेका छन्।

भट्टराईसँगै दिल्ली पुगेका जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा मंगलबार भर्ना भई उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ।

सोमबार दिल्ली गएलगत्तै उनी सो अस्पतालमा प्रारम्भिक रूपमा स्वास्थ्य परीक्षणमा गएका थिए।

डा. भट्टराईलाई थप परीक्षणका लागि भोलि अस्पतालमै भर्ना गर्ने उनका स्वकीय सचिव पाण्डेले जनाएका छन्।

भट्टराई लामो समयदेखि निदान अस्पतालमा उपचार गराउँदै आएका थिए। उनको पेटमा समस्या रहेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार