• आइतबार, साउन ३१ २०८३

नवनियुक्त प्रदेश प्रमुख राजेश झाले किन राखे कार्यकक्षमा पृथ्वीनारायण शाहकाे तस्विर


सोमबार, फाल्गुन १० २०७७
810
Shares

फूलमालासहित कुर्सीमा आसिन उनले अगाडी उभिरहेकालाई केही भनेजस्तो वा उनीहरुबाट केही सुनेजस्तो देखिन्छ । पछाडि एउटा तस्बिर प्रष्टसँग देखिन्छ–पृथ्वीनारायण शाहको ।

यो दृश्य हो आइतबारको । मधेश केन्द्रित दल र संघीयता विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका प्रदेश नम्बर २ को प्रमुखमा नवनियुत्त डा. राजेश (अहिराज) झाले कार्यभार सम्हाल्नुपूर्व कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर राख्न लगाए। त्यसपछि बल्ल कार्यभार सम्हाले ।

नारायण शाह बिनाको नेपाल कल्पना हुनै नसक्ने बताउँदै उनले कार्यकक्षमा पृथ्वीनारायण शाहको पूर्णकदको तस्बिर राख्न लगाएका छन् ।

२ नम्बर प्रदेशको प्रमुखमा नियुक्त हुँदा उनको स्वागतका लागि विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउतलगायत कुनै मन्त्री पुगेका थिएनन् । सरकारका तर्फबाट राज्यमन्त्री सरोजसिंह कुशवाहा गएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार