• सोमबार, साउन ११ २०८३

प्रचण्ड–माधव पक्षकाे गोरखा नेतृत्व टुंगियाे, अध्यक्षमा थापा र सचिवमा बस्नेत


सोमबार, फाल्गुन १० २०७७
830
Shares

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले गोरखा सहित ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो ।

जसमा गोरखामा अध्यक्षकाे जिम्मा लेखबहादुर थापाले पाएका छन् भने यादव बस्नेत सचिव भएका छन् । थापा पूर्व नेकपा माओेवादीकाे अध्यक्ष हुदै यसअघिकाे नेकपाका समेत अध्यक्ष थिए ।

प्रचण्ड–माधव, ओली अलग भएपछि समेत जिल्ला अध्यक्षकाे जिम्मेवारी थापालाइ नै दिइएकाे छ । उनि हाल गण्डकी प्रदेश सरकारकाे भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री समेत छन् ।

त्यस्तै सचिव बस्नेत पूर्व एमाले हुन । यसअघि नेकपाकाे जिल्ला कार्यालय सदस्य रहेका बस्नेतलाई ओली र बामदेव गाैतमले आ–आफ्नाे समुहकाे केन्द्रिय सदस्य समेत बनाएका थिए । तर बस्नेतले दुवै समुहकाे केन्द्रिय सदस्य अस्विकार गर्दै प्रचण्ड–माधव समुहकाे जिल्ला सचिव बनेका छन् ।

प्रचण्ड–माधव समुहले पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षले ओलीलाई कारवाही गरेर छुट्टै पार्टीको अभ्यास गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार