• शनिबार, असोज १० २०८३

विप्लव समूहसंग वार्ता गर्न टोली बनाउँदै सरकार, प्रतिबन्ध पनि फुकुवा गर्ने तयारी


सोमबार, फाल्गुन १० २०७७
705
Shares

सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई  विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको जनाएको छ। 

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको जनाएका थिए।  महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै आम जनसमुदायमा सहज गतिविधि  र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ता गर्न तयार रहेको जनाएका थिए।

त्यसै अनुरुप सरकारले आज मन्त्रिपरिषद बैठक बसेर प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो। सरकार र विप्लव समूह दुवैले वार्ता टोली पनि घोषणा गर्ने पनि जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार