• शनिबार, असोज १० २०८३

ओलीकाे प्रश्न : वैद्य र डाक्टरले बचाउन नसकेकाे प्रचण्डलाई झाँक्रीले कसरी बचाउने ?


शनिबार, फाल्गुन ८ २०७७
770
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कसैले बचाउन नसक्ने बताएका छन् । 

विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्ड देख्दा मलाई माया लाग्छ। उहाँले पहिलो वैद्य लिनुभएको थियो। त्यसपछि डाक्टर लिनुभयो। अहिले झाँक्री लिनुभएको छ। तर, त्यसले उहाँलाई बचाउन सक्दैन।’

प्रचण्ड अब मूलधारमा नफर्किएर सक्किनुको विकल्प नभएको बताए। उनले प्रचण्ड–माधव पक्षलाई सभा कस्तो हुन्छ हेर्न विराटनगरमा हेर्न आउन आग्रह समेत गरेका छन्।

‘उहाँहरुले अस्ति अलिकति मान्छे थुपार्नुभएछ, मलाई सभा हेर्न आउनु भन्नुहुन्थ्यो’ उनले भने, ‘यहाँ हेर्नुहोस्। यहाँ मान्छे अट्दैन भनेर जनताहरु टिभीमा हेरि राख्नुभएको छ।’

केही मान्छेहरु पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागिरहेको बताए। उनले केही व्यक्तिहरुले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार