• सोमबार, साउन ११ २०८३

संविधान र कानूनविरूद्ध खड्गप्रहार हुदा अरू तमासे बनिरहे : बाबुराम


शनिबार, फाल्गुन ८ २०७७
580
Shares

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनमाथि प्रहार गर्दा अन्यहरू तमासे बनेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्‍जाल ट्‍वीटरमा ट्‍वीट गर्दै ओलीले संविधान/कानून/लोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहँदा अरू तमासे बनिरहेको टिप्पणी गरेका हुन् ।

‘खड्गप्रसादले संविधान/कानून/लोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहने: अरू तमासे बनिरहने ?’ डा. भट्टराईले प्रश्‍न गरे ।

‘प्रतिनिधिसभा विघटन ! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति ! प्रदेश प्रमुख बर्खास्त ! सचिव र कर्मचारीहरूको पजनी ! फाष्ट ट्रयाक, तल्लो अरूण झ्वाम ! नभुलौँ-हिटलर लोभी/कायरकै काँध चढेर आएको थियो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार