भूकम्पले क्षति पुगेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घर प्रवलीकरण गरिएको छ।
गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घर भूकम्पबाट क्षति पुगेको थियो।
भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रबलीकरण गरेर चिटिक्क बनाएका छन्।
प्रबलीकरणको अनुभव सुखद र लाभदायी देखिएको उनले बताएका छन्।
उनले प्रबलीकरण गर्दा पुनर्निर्माणभन्दा समय र खर्च कम लागेको बताए।
सरकारले २०७२ साल वैशाखमा गोरखाकाे बारपाक केन्द्र रहेर गएको भूकम्पबाट उनकाे समेत घरमा क्षति पुगेकाे थियाे ।
हेर्नुस फोटाे


