गाेरखा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले कम्युनिष्टहरुले देशलाई अघि बढाउन नसक्ने बताएका छन् । न
नेपाली काँग्रेस गोरखाले गरेको संगठन सुदृढीकरण एवं कार्यकता प्रशिक्षण कार्यक्रमका क्रममा सिरानचोक २ थालाजुङ्गमा बोल्दै उनले भने, ‘जनताले कम्युनिष्टहरुलाई बहुमत दिए तर कुर्चीको लडाइँका कारण उल्टै संसद बिघटन गरे । कम्युष्टिहरुले कहिल्यै पनि जनताको लागि काम गर्दैनन्, आफ्नो फाइदाका लागि देशलाई बवार्द पार्न पनि पछि पदैनन् भन्ने कुराको उदाहरण खोज्न अन्तः कहाँ जानु पर्छ ?’
अब काँग्रेसको नेतृत्व बिना देश अघि बढ्न नसक्ने उनले बताए । यदी सर्वोच्व अदालतले निर्वाचनमा जाने फैसला सुनाउँछ भने काँग्रेस चुनाबमा जान तयार रहेको उनले बताए । त्यसपछि काँग्रेसले बहुमतको सरकार बनाएर देश र जनताका लागि काम गर्ने उनको दाबी छ । तर कुर्चीका लागि कम्युनिष्टसँग मिलेर अहिले सत्ता जाने कुनै संभावना नरहेको पाण्डेले स्पष्ट पारेका छन् ।
वडा सभापती चक्रबहादुर गुरुङको अध्यक्षता तथा केन्द्रिय सदस्य पाण्डेको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, प्रदेश सभा सदस्यहरु प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, गाउँपालिका अध्यक्ष एवं जिल्ला सदस्य राजु गुरुङ, जिल्ला सदस्यहरु सिपि पोखरेल, भक्त गुरुङ, मिना अधिकारी, क्षेत्रिय सभापती गोबिन्द गुरुङ, पालुङ्टार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, महिला संघकी पूर्व जिल्ला अध्यक्ष रबिकला खनाल, क्षेत्रिय सचिव मानप्रसाद धिताल, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमायाँ गुरुङ, महिला संघकी जिल्ला सहसचिव सपना पुन, वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, महिला संघकी सदस्य बिमला सिर्मला, वडा पार्टी सचिव जसबहादुर गुरुङ लगायत मन्तव्य राखेका थिए ।