• सोमबार, साउन ११ २०८३

तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली


सोमबार, फाल्गुन ३ २०७७
1K
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदै छ । त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको आज (फागुन ३ गते) तीन वर्ष पूरा भएको छ। ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार