• शनिबार, असोज १० २०८३

पशुपतिनाथबारे हाम्रा नेताको भनाइ तोडमोड गरियोः नारायणकाजी श्रेष्ठ


आइतबार, फाल्गुन २ २०७७
775
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथ र हिन्दू धर्मका विषयमा आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरिएको बताएका छन्।

प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पशुपतिनाथबारे हाम्रा पार्टीका नेताहरुले गरेको टिप्पणीलाई गलत ढंगले तोडमोड गरिएको बताए । प्रवक्ता श्रेष्ठले संकीर्ण राजनीतिक स्वार्थका लागि हिन्दूहरुको आस्था रहेको पशुपतिनाथलाई दुरुपयोग नगर्न समेत आग्रह गरे।

उनले धर्मनिरपेक्षताको अर्थ राज्य धर्मबाट अलग हुने भन्ने रहेको बताउँदै जनताको धार्मिक आस्थाप्रति आफूहरुको सम्मान रहेको बताए।

‘धर्मनिरपेक्षताको अर्थ राज्य धर्मबाट अलग हुने भन्ने हो । तर सबै जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ,’ श्रेष्ठले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार