• सोमबार, साउन ११ २०८३

प्रचण्ड—माधव पक्षले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा (विज्ञप्तिसहित)


आइतबार, फाल्गुन २ २०७७
715
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षले तेस्रो चरणका आन्दोलन घोषणा गरेको छ ।

आइतबार पेरिसडाँडामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको कार्यक्रममा काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्नेलगायतका छन् ।

केन्द्रीय संघर्ष समितिले फागुन ५ देखि २१ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रम:

–फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रममा गर्ने ।

–फागुन ६ गते मानव साङ्लोले काठममाडौंको टुडिँखेल घेराउ गर्ने।

–७ गते सवै वडामा कार्यक्रम

–८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितमा वृहत अन्तरक्रिया गर्न ।

–९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन ।

– फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन ।

–फागुन १४ गते काठमाडौंमा वृहत युवा र्‍याली ।

–फागुन २१ गते दाङ र १२ गते चितवनमा वृहत विरोध कार्यक्रम ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार