• सोमबार, साउन ११ २०८३

प्रधानन्यायाधीशको प्रश्न: अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?


आइतबार, फाल्गुन २ २०७७
665
Shares

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारदेखि जवाफी बहस सुरु भएको छ ।

जवाफी बहसमा आएका अधिवक्ता दिनमणि पोखरेललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्। आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले प्रश्न गरे ‘ अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ? पोखरेलले नेकपाको हो भनी जवाफ दिए ।

त्यसपछि जबराले फेरि प्रश्न गरे, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो। अनि तपाईंले धारा ७६(१) बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो? बहुमत प्राप्त दल भएको अवस्थामा संविधानले बाँकी बुँदालाई लोप गर्छ। यो संविधानसँग कसरी मिल्छ? बाँकी सम्भावना कहाँ छ?’

त्यसको जवाफमा अधिवक्ता पोख्रेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताए। उनले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जवाफ दिए।

यो संविधानले संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उनको भनाइ थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार