काठमाडौं । नेकपाको प्रचण्ड—नेपाल समूहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ।
आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिइने उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको भन्दै नेकपा प्रचण्ड–माधव पक्षले विरोध तथा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
यसअघि दुई चरणमा उक्त समूहले आन्दोलन गरेको थियो।