• आइतबार, साउन ३१ २०८३

सिरानचोकमा काँग्रेसको संगठन सुदृढीकरण कार्यक्रम


आइतबार, फाल्गुन २ २०७७
1.2K
Shares

गोरखा । नेपाली काँग्रेस गोरखाले सिरानचोक गाउँपालिकामा संगठन सुदृढीकरण तथा जागरण कार्यक्रम सुरु गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले लोकतन्त्र जोगाउनका लागि सबै एक जुट हुनुपर्ने बताए ।

कम्युनिष्टहरुको सत्ता स्वार्थले देश गभ्भिर मोडमा पुगेको भन्दै अब देश जोगाउन सबै लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेस सिरानचोक १ केरावारीका वडा सभापती सुकमान गुरुङको अध्यक्षता तथा केन्द्रिय सदस्य पाण्डेको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, प्रदेश सभा सदस्यहरु प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, जिल्ला सदस्य सिपि पोखरेल क्षेत्रिय सभापती गोबिन्द गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गाउँपालिका अध्यक्ष राजु गुरुङ, महिला संघकी जिल्ला सदस्य निर्मला रेग्मी, भुपु सैनिक संघका जिल्ला सचिव गोबिन्दबहादुर गुरुङ, वडा पार्टी सचिव मनिता गुरुङ लगायतले मन्तव्य राखेका थिए । क्रमश अन्य वडामा पनि कार्यक्रम गरिने नेपाली काँग्रेस गोरखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार