गोरखा । पार्टी एकता भएको लामो समय भएपनि जनता समाजवादी पार्टीको समायोजन जारी छ । जसअनुसार पालुङटार नगरपालिकाका विभिन्न वडामा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बिच एकता वीच समायोजन गरिएको हो ।
प्रत्येक वडाका विभिन्न स्थानमा भएका भेलाले वडा पार्टी समिति निर्माण गरेको छ । जसअन्तर्गत वडा नं १, २, ३, ६, ८ मा भएको भेलाले क्रमश सोलफिस्ट लामा, रामचन्द्र मरहट्टा, भिम नेपाली, राजु बि.क., कुलराज श्रेष्ठको अध्यक्षतामा ३९, ३३, २९, ३५ सदस्यीय समिति निर्माण गरेको छ ।
उक्त भेलामा पार्टी केन्द्रिय सदस्य तथा माननीय हरिशरण आचार्य, केन्द्रीय सदस्य अमृत आचार्य, प्रदेश सदस्य रमेश पोखरेल तथा नारायणी अधिकारी, जिल्ला सदस्य कृष्णबहादुर परियार, होपबहादुर नेपाली लगाएतको उपस्थिति रहेको थियो ।