• सोमबार, साउन ११ २०८३

बाबुराम भट्टराईको प्रश्न : सरकारको काल आएकै हो ?


बिहिबार, माघ २९ २०७७
800
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको बताएका छन्।

बिहीबार राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकै आधारमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि पूर्व प्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञजाल ट्विटरमा ट्विट लेख्दै उनले सरकारको काल आएकै हो भन्ने प्रश्न गरेका छन्।

उनले संविधानको पालना गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने भन्ने प्रश्न गरेका छन्।

‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ! नेपालको संविधानले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ दिन्छ! ‘संविधानको पालन र संरक्षण’ गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो?’, बिहीबार भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै बिहीबार दिउँसो प्रहरीले नेतृ झाँक्रीलाई निवासबाटै पक्राउ गरेको छ। झाँक्रीको पक्राउलाई लिएर अहिले नेकपाले प्रदर्शन गरेको छ भने अन्य दलका नेताहरुले अभिव्यक्ति दिएकै आधारमा पक्राउ गर्नु गलत भएको भन्दै रिहा गर्न माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार