• सोमबार, साउन ११ २०८३

संसद पुनर्स्थापना वा चुनाव दुबैका लागि तयार होऔं : देउवा


बिहिबार, माघ २९ २०७७
705
Shares

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् ।

जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ इंगित गर्दै उनले अदालतलाई यही गर भन्न नमिल्ने बताए । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘नेपाली कांग्रेस र आदिबासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले , त्यस्तो काम हामी गर्दैनौं ।’

आफूले भेटेका वकिलहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर लेखेको छैन भनेको भन्दै उनले भने, ‘पाइन्न भनेको छ भने त्यो हुनुपर्छ । त्यसैले अदालतको कुरामा हामी केही नगरौं । संसद पुनर्स्थापना वा चुनाव दुबैका लागि तयार होऔं ।’

चुनावले प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफू मान्न तयार नभएको समेत देउवाले बताए । संसद पुनर्स्थापना भएपनि आफ्नो भूमिका खेल्ने र निर्वचन हुने भए चुनाव लड्न जाने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार