• आइतबार, साउन ३१ २०८३

प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड


बिहिबार, माघ २९ २०७७
780
Shares

काठमाडौं । प्रचण्ड–नेपाल खेमाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन्।

बिहीबार पेरिसडाँडामा आयोजित आदिवासी, जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तथाकथित राष्ट्रपतिको नाममा गलत बोल्यो भनेर प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताए।

उनले आफूहरुले हिजोदेखि बिहानसम्म रोक्न प्रयास गरे पनि जबर्जस्ती पक्राउ गरेको बताए।

उनले झाँक्रीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार