• सोमबार, साउन ११ २०८३

सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैनः गगन थापा


बिहिबार, माघ २९ २०७७
835
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् ।

सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले सो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

राष्ट्रिपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार