• आइतबार, साउन ३१ २०८३

नेतृ रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्धको कसुर गरेको आरोप


बिहिबार, माघ २९ २०७७
840
Shares

काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले नेतृ झाँक्रीलाई उनकै निवासबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार