• आइतबार, साउन ३१ २०८३

झाँक्रीलाई पक्राउ गर्न खोजेपछि निवासबाहिर नारावाजी


बिहिबार, माघ २९ २०७७
675
Shares

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि उनको निवासबाहिर नेकपामा नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्।

झाँक्रीको निवासमा प्रहरी पुगेको खबर आएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलस्थित झाँक्री निवास पुगेर प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् । नाराबाजी एक घण्टादेखि जारी छ ।

उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नाराबाजी गरिरहेका हुन् ।

महानगरीय अपराध महाशाखाले सोधपुछ गर्न भन्दै बोलाएपछि झाँक्री नगएपछि उनलाई पक्राउ गर्न प्रहरी पुर्जिसहित उनको निवासमै पुगेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार