गोरखा । जनता समाजबादी पार्टीले जिल्लाका विभिन्न ठाउँमा विरोध प्रर्दशन गरेको छ ।

बुधबार साँझ जिल्ला सदरमुकाम, पालुङ्टार नगरपालिका, भीमसेन गाउँपालिका लगायतका ठाउँमा प्रधानमन्त्रीले चालेको असंमबैधानिक कदमको बिरुद्धमा पुत्ला दहन गरेको छ । जनता समाजवादी पार्टी गोरखा नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रम सहभागीहरुले सरकार बिरुद्ध चर्का नाराबाजी गरेका थिए ।
मसाल जुलुस र पुत्ला दहन कार्यक्रम रोक्न प्रहरीले बल प्रयोग गरेको जसपाले आरोप लगाएको छ । उता प्रहरीले भने बल प्रयोग नगरिएको दाबी गरेको छ । जसबाट आफ्ना केही कार्यकता समेत घाइते भएको जसपाले दाबी गरेको छ ।
कार्यक्रममा गोरखा नगरपालिका अध्यक्ष उपेन्द्र देवकोटाले मन्तव्य राखेका थिए । भीमसेनको पिपलडाँडाबाट सुरु भएको जुलुस घ्याम्पेसाल बजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभालाई केन्द्रिय सदस्य रोहित पाण्डे, जिल्ला सदस्य दुर्गा ढकाल, मिलन न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।