• शनिबार, असोज १० २०८३

ओलीको चुनाव चिन्ह बयलगाडा हो : माधव नेपाल


बुधबार, माघ २८ २०७७
780
Shares


काठमाडौं । प्रचण्ड—नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मासँग बयलगाडाको ‘चिन्ह’ मात्र भएको बताएका छन्।

राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह सूर्य आफूहरूको भएको भन्दै केपी ओली कुनै एउटा सामान्य गुटको अध्यक्ष र नेता भएको बताए।

‘चुनाव चिन्ह सूर्य हामीसँग छ। केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने।

निर्वाचन आयोगमा आफू पहिलो नम्बरको अध्यक्ष भनेर ओलीले गरेको दाबीलाई लिएर उनले भने, ‘केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर धम्काएछन्। पहिलो अध्यक्ष भनेर कहाँबाट थाहा पाउने ? पार्टीको विधानबाट थाहा पाउने ? विधानमा पहिलो नम्बरको अध्यक्ष भनेर लेखिएको छैन। सर्कुलरमा लेखिएको छैन र निर्णयमा पनि छैन। कसरी पहिलो नम्बरको अध्यक्ष ? ’

उनले नेकपाको नभइ ओली गुटको पहिलो अध्यक्ष भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार