• शनिबार, असोज १० २०८३

केपी ओलीलाई प्रधानमन्त्रीको पदमा एक मिनेट पनि बस्ने वैधानिक अधिकार छैन : नारायणकाजी श्रेष्ठ


बुधबार, माघ २८ २०७७
800
Shares


काठमाडौं । नेकपा प्रचण्ड—नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्न एक मिनेट पनि अधिकार नभएको बताएका छन्।

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीलाई पदमा बस्न वैधानिक अधिकार नहुने पनि उनले बताए।

आज काठमाडौंमा प्रचण्ड—नेपाल पक्षले गरेको विरोध सभामा सम्बोधन गर्दै श्रेष्ठले भने, ‘एक मिनेट पनि प्रधानमन्त्रीलाई पदमा बस्ने वैधानिक अधिकार छैन।’

प्रतिनिधि सभा विघटन गरेका बेला ओली संसदको सदस्य नभएको पनि उनले बताए। अर्को सरकार नबन्दासम्म यो कामचलाउ सरकार भएको जिकीर उनको थियो।

‘यो अवैधानिक सरकार हो। ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको पदमा बस्ने बैधानिक आधार छैन,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार