• सोमबार, साउन ११ २०८३

केपी ओली ढलिसके, अन्तिम घोषणा हुन मात्रै बाँकी छ : रामकुमारी झाँक्री


बुधबार, माघ २८ २०७७
1.1K
Shares

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह बनिरहेको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ठूलो त्यागबाट प्राप्त संविधान च्यातचुत फाल्ने प्रणालीविरुद्ध बोल्न नछोड्ने बताएकी हुन् ।

‘संविधान च्याचचुत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ,’ उनले भनिन्, ‘खड्क प्रसाद ओली कागजी बादशाह हुन् । ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाहले आफ्नो कदलाई घटाउँदै जान्छन् । कागजका अग्लाअग्ला बुख्याँचाहरु बनाउँछन् केपी ओली त्यसै गर्दैछन् ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै आफूमाथि प्रश्न उठाइएको भन्दै त्यसको खण्डन पनि गरिन् । ‘सम्मान्नीय राष्टपति यो संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शीरमाथीको संस्था हो म त्यो संस्थाविरुद्ध बोलेको छैन,’ उनले भनिन्, ‘खलपात्रको विरुद्ध बोल्न पाइन्छ कस्ले भन्यो बोल्न पाइँदैन रु कुनै पनि सार्वजनिक पदको लिग हुँदैन बोल्न पाइन्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार