• आइतबार, साउन ३१ २०८३

कांग्रेस नेता एवम् पूर्वसांसद जोशीको निधन


बुधबार, माघ २८ २०७७
705
Shares

काठमाडौं । पूर्वसांसद गंगादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ।

केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो।

‘नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजिकै हृदयाघात भयो’, कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भरे, ‘उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ।’

उनको शव महाकाली अस्पतालमा राखिएको छ। परिवारका सदस्यसँग सल्लाहपछि दाहसंस्कार गरिने जोशीले बताए। वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहेका थिए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार