• शनिबार, असोज १० २०८३

तरूण दलले गर्‍यो गोरखा अध्यक्ष थापालाई कारवाही


बुधबार, माघ २८ २०७७
740
Shares

गोरखा । नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले कारवाही गरेको छ।

तरूण दलको आदर्श, सिद्धान्त र भावना बमोजिम संगठन निर्माणमा क्रियाशिल नभएको भन्दै केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले मंगलबार सूचना निकालेर थापालाई कारवाही गरेका हुन्।

केन्द्रबाट गरिएका नीति निर्देशनको पूर्ण पालना नगरेको र दलको केन्द्रीय समितिको निर्णयअनुसार जिल्लामा सांगठानिक गतिविधिको नियमित रूपले जानकारी नगराएकोले कारवाही गर्नु परेको अध्यक्ष बस्नेतले निकालेको सूचनामा उल्लेख छ।

बस्नेतले जिल्ला अध्यक्ष थापालाई कारवाही गरेको जानकारी नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका सभापतिलाईसमेत दिएका छन्।

तत्कालीन माओवादी लडाकू रहेका थापा कांग्रेस प्रवेश गरेर तरूण दल गोरखाको अध्यक्षमा निर्वाचनमार्फत् नै विजयी भएका थिए।

हेर्नुस् सूचना:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार