• आइतबार, साउन ३१ २०८३

प्रचण्ड–नेपालको शक्ति प्रदर्शन आज, २ लाख कार्यकर्ता भेला हुने दाबी


बुधबार, माघ २८ २०७७
725
Shares

सरकारविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले आज (बुधबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार विरोध सभा दिउँसो १२ बजेपछि सुरु हुने छ ।

भृकुटीमण्डपमा आयोजना गरिने विरोधसभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने रिजालकाे दाबी छ।

यसकारण भाषण सुन्न सजिलो होस् भनेर पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा डिजिटल स्क्रिन राखिएको उनले जानकारी दिए। साथै रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा माइक पनि व्यवस्था गरिने उनले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष आन्दोलनरत छ। यसअघि उसले माघ ९ गते पनि काठमाडौंमै विरोध सभा गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार