• सोमबार, साउन ११ २०८३

माघ ३० गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय


मंगलबार, माघ २७ २०७७
640
Shares

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार