• सोमबार, साउन ११ २०८३

संयुक्त संघर्षबाट कोही नभागोस्: बाबुराम भट्टराई


मंगलबार, माघ २७ २०७७
630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्दा आफ्नो पार्टीको हित हुन्न भन्ने सोच गम्भीर दृष्टिदोष भएको बताएका छन्।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले अरूसँग मिलेर आन्दोलन गर्नु हुँदैन भन्ने अभिव्यक्ति दिएलगत्तै पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यस्तो सोचाइ गलत भएको भन्दै खण्डन गरेका हुन्।

डा. भट्टराईले ट्वीटमार्फत् ‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है,’ उनले भने, ‘हिजो शीतयुद्धका बाछिटा परेर कांग्रेस–कम्युनिस्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं।’

भट्टराईले थपेका छन्, ‘अहिले नयाँ शीतयुद्धको छायामा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार