• आइतबार, साउन ३१ २०८३

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त


मंगलबार, माघ २७ २०७७
720
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्ति भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशक शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्ति दिने निर्णय गरेको हो।यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि विद्युत् प्राधिकरणमा यो पद खाली थियो

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले घिसिङको पुनर्नियुक्तिका लागि आफूले मन्त्रिपरिषद् तथा सीधै प्रस्ताव लाँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाउने गरेका छन्। कार्यकाल पूरा भएपछि घिसिङ गत भदौ २८ गते प्राधिकरणको निर्देशक पदबाट बाहिरिएका थिए।

त्यसपछि लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो भने गत कात्तिक २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले शाक्यलाई कायममुकाय कार्यकारी निर्देशक बनाएको थियो। उनै शाक्यलाई अहिले सरकारले कार्यकारी निर्देशकमा नियुक्ति दिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार